Health TV Online
Health TV Online
Health TV Online

कवाडीखानाका कारण पाेखरामा डेंगु नियन्त्रण गर्न समस्या

कवाडीखानाका कारण पाेखरामा डेंगु नियन्त्रण गर्न समस्या

पोखरा : साउनको मध्यमा पहिलोपटक पोखरा ८ शिवालयचोकका एक व्यक्तिमा देखिएको डेंगुको संक्रमण शनिबारसम्म ४६० जनामा फैलिसकेको छ।

पोखरामा तीन वर्षयता डेंगुको प्रकोप देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ मेडिकल अफिसर डा. भोजराज गौतम बताउँछन् । त्यसयता लगातार शिवालयचोकबाट नै डेंगु  फैलिने गरेको छ।

शिवालयचोकबाटै डेंगु फैलिनुको मुख्य कारण भने त्यहाँ रहेका कवाडीखाना भएको स्थानीय बासिन्दाको भनाइ छ। संक्रमण फैलिइसकेपछि नियन्त्रण गर्न समस्या परेको स्थितिसम्म पनि कवाडीखाना अन्यत्र सार्न सरकारी प्रयास नभएको उनीहरू बताउँछन्।

एक मिटरमा तीन वटा कवाडीखाना छन्। एउटा कवाडीखानामा अझै पनि ५० भन्दा बढी थोत्रा टायर छन्। कवाडीखाना हटाउन वडा कार्यालयमा निरन्तर लिखित र मौखिक गुनासो गरे पनि सम्बोधन नभएको उनीहरूको गुनासो छ।

पोखरामा डेंगु संक्रमणको जड तिनै कवाडीखाना र अव्यवस्थित बसपार्क देखिएको छ। ती क्षेत्रबाट नै संक्रमण फैलिने र गरेको जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ।

गण्डकी प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि भन्दै २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार