अस्पतालमा प्रसूति नगराए बच्चाकाे जन्मदर्ता नहुने
भोजपुर : टेम्के मैयुङ गाउँपालिका वडा नम्बर ९ लेखर्कले बर्थिङ सेन्टरमा प्रसूति नगराए बच्चाकाे जन्मदर्ता नहुने नियम लागु गरेको छ।
वडाले भदौ पहिलो सातादेखि यो नियम लागु गरेको हो। घरमै प्रसूति गराउने परम्परालाई निरुत्साहन गर्दै सुरक्षित तरिकाबाट प्रसूति गराउन यो नियम लागु गरेको वडाध्यक्ष गणेशकुमार राईले बताए।
बर्थिङ सेन्टरमा प्रसूति नगरे बच्चाको जन्मदर्ता नहुने भएपछि महिलाहरूले नियमित चेकअप गराउन थालेका छन्। साथै बर्थिङ सेन्टरमा प्रसूति गराउने संख्या पनि बढेको छ। पाँच महिनायता सेन्टरमा १४ महिला बर्थिङ सेन्टरमा सुत्केरी भएका छन्।
सरकारले दिने सुत्केरी स्याहारबापतको एक हजार रुपैयाँसँगै दिने पूर्ण खोप कार्डका साथ वडाले जन्म प्रमाणपत्र प्रदान गर्ने नयाँ नियम ल्याएको यो पहिलोपटक हो।
भोजपुरमा जिल्ला अस्पताल लगायत ९ वटा स्थानीय तहका ३० वटा स्वास्थ्यचाैकीमा प्रसूति सेवा सञ्चालनमा छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण