Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य शिविरमा लिए ८०० जनाले सेवा

स्वास्थ्य शिविरमा लिए ८०० जनाले सेवा

तनहुँ : व्यास नगरपालिका–११ शेरामा आयोजित स्वास्थ्य शिविरमा ८०० सर्वसाधारण लाभान्वित भएका छन्।

आदिकवि भानुभक्त क्याम्पसको आयोजना र काठमाडौँस्थित ओम अस्पतालको प्राविधिक सहयोगमा शनिबार सञ्चालित शिविरमा मुटु, मधुमेह, हाडजोर्नी, नाक, कान, घाँटी, बालबालिका र महिलासम्बन्धी रोगका  ८०० बिरामी लाभान्वित भएका हुन्।

सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यसहित समुदायस्तरमै पुगेर स्वास्थ्य शिविर आयोजना गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए।

शिविरमा २४ जनाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको ओम अस्पतालका निर्देशक दीपेन्द्र पोख्रेलले बताए।

क्याम्पस प्रमुख हड्खलेका अनुसार शिविरमा करीब तीन लाख रूपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको छ। शिविर सञ्चालनका लागि व्यास नगरपालिकाले एक लाख ५० हजार आर्थिक सहयोग गरेको थियो।

शिविरमा स्वास्थ्य परीक्षण दर्ता शुल्कबाट उठेको १३ हजार ४०० रुपैयाँ सोही ठाउँको वसन्त आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार