काठमाडाैं महानगरपालिकामा ८३ जनालाई डेंगु
काठमाडौं : काठमाडौं महानगरमा डेंगु रोग लागेर उपचारका लागि अस्पताल पुग्नेको संख्या ८३ पुगेको छ। गत साउन २७ गते महानगरको वडा नं.१५ मा पर्ने चमति क्षेत्रमा पहिलोपटक ३ जनामा यो समस्या देखिएपछि हालसम्म ८३ जनामा यो समस्या देखिएको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ।
अहिले वडा नं.१५ क्षेत्रमा सचेतनामूलक कार्यक्रम गरिरहेका वडाध्यक्ष तथा महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। यस क्रममा वडाका घरघरमा पुगेर रोगका लक्षण र बचावटका उपायका बारेमा जानकारी दिइरहेका उनको भनाइ छ।
महानगरभरि नै नियन्त्रणात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताए। कामपाले डेंगु नियन्त्रण गर्न विभिन्न वडामा स्वाथ्यकर्मी परिचालन गर्न लागिएको जानकारी दिएको छ। वडा नं.१६ का अधिकांश भागमा संक्रमण देखिएको अध्यक्ष मुकुन्द रिजालले बताए।
महानगरको शहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, महानगरको वातावरण व्यवस्थापन विभाग, वडा समिति कार्यालय, वडा क्लिनिक, महिला स्वास्थ्य स्वयंसेविका र उपभोक्ता समितिलगायत एककजुट भएर लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानमा लाग्ने तयारी भएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित