डेंगु नियन्त्रण गर्ने जिम्मा हाम्रो मात्र होइन भन्दै पन्छिए स्वास्थ्यमन्त्री र सचिव
काठमाडाैं : उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालय एक्लैले महामारीकै रुपमा फैलिएको डेंगु नियन्त्रण गर्न नसक्ने बताएका छन्।
बिहिबार मन्त्रालयमा आयोजित डेंगु सम्बन्धी छलफल कार्यक्रममा मन्त्री यादवले यसलाई अभियानकै रुपमा लिई नियन्त्रण गर्न सबैले सहयोग नगरेसम्म याे सम्भव नभएकाे बताए ।
गत वैशाखबाट शुरु भएको डेंगु नियन्त्रणमा आउनुको सट्टा झनझन फैलिंदै गएपछि स्वास्थ्य मन्त्रालयलले अरु मन्त्रालयसँग पनि समन्वयगरेर अघि बढ्ने जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य सचिव डा पुष्पा चौधरीले डेंगु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको मात्र नभई सबैको जिम्मेवारी भएको बताइन। यसैगरी मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले पनि देशैभर फैलिएको डेंगु नियन्त्रण गर्नु सजिलो काम नभएको बताए । कतिपय काम स्थानीय र प्रदेशमा बाँडफाँड भएको भन्दै जिम्मेवारीबाट पन्छिन खाेजे ।
वैशाख यता ४ महिनामा ४ हजार भन्दा बढी डेंगुका बिरामी देखा परिसकेका छन्। खोज र नष्ट गर कार्यक्रम गरेकेा भए पनि खासै प्रभावकारी हुन सकिरहेको छैन् ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित