डा. केसीले गरे डडेल्धुरा अस्पतालको अवलोकन
डडेल्धुरा : सुदूरपश्चिम प्रदेशकाे पहाडी जिल्लाको भ्रमणमा रहेका डा. गोविन्द केसीले डडेल्धुरा अस्पतालको अवलोकन गरेका छन्।
उनले बिहीबार अस्पतालको वस्तुस्थिति र बिरामीहरूको अवस्थाबारे जानकारी लिएकाे डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कँडेलले बताए।
यसअघि उनले बुधबार डोटी जिल्ला अस्पतालको अवलोकन गरेका थिए। उनले सुदूरपश्चिमकाे भ्रमणलाई व्यक्तिगत भनेका छन्।
डा. केसी लामाे समयदेखि चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत छन्। उनले डाेटी र डडेल्धुराजस्ता दुर्गममा पनि मेडिकल कलेज खुल्नुपर्ने माग राख्दै आएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित