उपत्यकामै हात्तीपाइले रोगको संक्रमण
काठमाडौं : काठमाडौं उपत्यकामै ठूलो संख्यामा हात्तीपाइले रोगको संक्रमण बढिरहेको पाइएको छ। गत जेठ र असारमा काठमाडौं महानगरपालिकामा गरिएको सर्वेक्षणमा हात्तीपाइले संक्रमितको तथ्यांक बढेको राष्ट्रिय हात्तीपाइले नियन्त्रण कार्यक्रमले जनाएको छ।
सर्वेक्षण प्रतिवेदनअनुसार १२ जना विद्यार्थीलाई हात्तीपाइले जिन पोजिटिभ देखिएको हो। महानगरपालिकाका ३५ वटा विद्यालयका १ देखि २ कक्षाका विद्यार्थीमा सो सर्वेक्षण गरिएको थियो। कुल ५६ जना विद्यार्थीमा एन्टिजिन परीक्षण गरिएकोमा १२ जनामा पोजिटिभ पाइएको हो।
सरकारले सन् २०२० भित्रमा नेपालबाट हात्तीपाइले नियन्त्रण गर्ने लक्ष्य लिए पनि यो तथ्याकंले चुनौती थपेको राष्ट्रिय कार्यक्रमका सम्पर्क व्यक्ति प्रदीप रिमालले जानकारी दिए।
क्युलेक्स प्रजातिको लामखुट्टेले टोक्दा शरीरमा ‘माइक्रो फाइलेरिया’ नामक परजीवी प्रवेश गर्छ। यो कीटाणु प्रवेश गरेको ६ देखि ९ महिनामा विकसित हुन्छ। यो परजीवीको आयु आठकाे वर्ष हुन्छ। बाँचुन्जेल मानिसको रगतको नलीमा बस्छ र नलीहरू बिगार्छ। फोहोर रगत बग्ने नली चुहिएर खुट्टा सुनिन्छ भने यो रगतमा एक किसिमको कीटाणु पनि हुन्छ।
यो जीवाणुले रगतको नशामा असर पुग्दा एउटा मात्र खुट्टा सुन्निएर ठूलो हुने र पुरुषमा हाइड्रोसिल हुन्छ। यो किटाणुकाे आयु आठ वर्षपछि सकिन्छ। तर उसले नसा बिगारेको असर भने जीवनभर रहिरहन्छ। बिरामीमा अपांगता हुन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण