गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल संघीय सरकार मातहत
काठमाडाैं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई संघीय सरकार मातहत ल्याउने निर्णय गरेको छ।
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सो अञ्चल अस्पताल संघीय सरकार मातहतमा ल्याउने निर्णय गरेको मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषद्को विसं २०७५ पुस २३ गतेको बैठकले राजविराजमा सो प्रतिष्ठान स्थापना गर्ने र गजेन्द्रनारायण अस्पताललाई प्रतिष्ठानमा रूपान्तरण गर्ने निर्णय गरेको थियो।
मन्त्रालयले सो प्रतिष्ठानको नौ अर्ब रूपैयाँलगानीमा भौतिक पूर्वाधार निर्माण हुनलागेको जनाएको छ। राजविराज नगरपालिकाले वडा नं १० स्थित विरौलचोकमा प्रतिष्ठानका लागि ६२ बिघा जग्गा उपलब्ध गराएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित