Health TV Online
Health TV Online
Health TV Online

बेहोस भएर छात्राको मृत्यु, सातजनाको उपचार हुँदै

बेहोस भएर छात्राको मृत्यु, सातजनाको उपचार हुँदै

पाल्पा : विद्यालय जाँदै गरेकी एक छात्राको बेहोस भएर मृत्यु भएको छ। अन्य सात विद्यार्थी पनि बेहोस भएका छन्।

रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कमला फालको मृत्यु भएको हो। रम्भा गाउँपालिका–६ हेक्लाङ घर भएकी उनी साथीहरूसहित ट्युसन पढ्न विद्यालय जाँदै थिइन्।

उनी विद्यालय नजिकै पुग्दा बिहान ८ बजे बेहोस भएकी थिइन्। उपचारका लागि तानसेन ल्याउँदै गर्दा बाटोमै  उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए।

उनीसँगै बेहोस भएकामध्ये तीनजनाको उपचार तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा भइरहेकाे छ। युनाइटेड मिशन अस्पतालमा दुईजना र ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा दुईजनाको उपचार भइरहेको छ। उनीहरूकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ।

छात्रछात्रा एक्कासी बेहाेस हुनुकाे कारण अझै खुलेकाे छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार