चितवनमा ३४६ जनालाई डेंगु संक्रमण
चितवन : जिल्लामा गएको ४१ दिनमा ३४६ जनामा डेंगु संक्रमण देखिएको छ। एक जनाको मृत्युसमेत भएको छ।
स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउन महिना शुरु भएपछि एक हजार १५३ जनाको नमूना परीक्षण गरिएकोमा ३४६ जनामा सङ्क्रमण भेटिएका हुन्। जिल्लाका नौ वटा अस्पतालमा डेंगुको परीक्षण हुँदै आएको छ।
भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल, मनकामना अस्पताल, चितवन अस्पताल, नेसनल सिटी अस्पताल, पुष्पाञ्जलि अस्पताल र रत्ननगरको वकुलहर अस्पतालमा डेंगुको परीक्षण हुँदै आएको छ।
यी अस्पतालमा आएका ज्वरोका बिरामीहरुबाट लिइएको नमुनामा उक्त संख्यामा डेंगुको सङ्क्रमण देखिएको हो । जिल्लामा हरेक तीन\तीन वर्षमा डेंगुको महामारी हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ।
गत आर्थिक वर्षमा एक हजार ९५१ जनाको डेंगु परीक्षण गरिएकाेमा ३१ जनामा देखिएको थियो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित