अस्पतालमा भाइरल ज्वराेका बिरामीकाे चाप
विराटनगर : प्रदेशिक अस्पताल (कोशी) को आकस्मिक वार्डमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ। मौसममा आएको परिवर्तनको कारण भाइरल ज्वरोको बिरामी बढेको अस्पतालकी चिकित्सक सङ्ज्ञा ज्ञवालीले बताइन्।
अस्पतालमा दैनिक ३० बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन्। अस्पतालमा दुई महिको अवधिमा दुई हजार ५०० भन्दा बढी भाइरल ज्वरोका बिरामी आएर उपचार गराएको डा. ज्ञवालीले जानकारी दिइन्।
बिरामी भएर आउनेमा मोरङ, सुनसरीका शहरी र ग्रामीण क्षेत्रमा बसोबास गर्ने छन्। अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ४० जनामा डेंगुको संक्रमण देखिएपछि उपचार भएको अस्पतालले जनाएको छ। अस्पतालमा डेंगु पहिचान गर्ने किट अभाव नरहेको डा. ज्ञवालीले बताइन्।
यी राेगबाट जाेगिन शरीर छोपिने कपडा लगाएर हिँड्ने, घरको वरिपरि पानी जम्न नदिने र घरभित्र भाँडा, बोतलमा पानी जमाएर नराख्ने, धेरै मानिस आवतजावत हुने स्थानमा नजाने सुझाव चिकित्सकले दिएका छन्। साथै सुत्केरी महिलाले आफू र बच्चालाई लामखुट्टेलगायतबाट जाेगाउन झुलको प्रयोग गर्नुपर्ने बताइएकाे छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित