नियन्त्रणमा आएन धरानमा डेंगु
सुनसरी : धरान उपमहानगरपालिकाभित्र देखिएको डेंगुको संक्रमण तीन महिना हुँदा पनि नियन्त्रणमा आएको छैन।
उपमहानगरले सचेतना अभियानदेखि लामखुट्टेका लार्भा नष्ट र सरसफाइलाई तिव्रता दिइरहेको छ। तर पनि पनि बिरामीको संख्या बढ्दो छ।
धरान उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले जति प्रयास गरे पनि डेंगु नियन्त्रणमा लिन नसकिएको बताए। धरानमा तीन हजार पाँच सय जनामा डेंगुसंक्रमण देखिएको छ।
उपमहानगरले सचेतनाका साथै लामखुट्टेका लार्भा नष्ट गर्न फगिंङ स्प्रे प्रयोग गरेको जनाएको छ। पानी जम्मा हुने खाल्डा तथा पानी संकलन गरेर घरभित्र राखिएका भाँडामा लामखुट्टेका लार्भा हुर्किने भएकाले ती खाल्डा पुर्न र पानीका भाँडा खुला नराख्न उपमहानगरले आग्रह गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण