Health TV Online
Health TV Online
Health TV Online

धौलागिरि अस्पतालमा शव संरक्षण कक्ष

धौलागिरि अस्पतालमा शव संरक्षण कक्ष

बागलुङ : धौलागिरि अञ्चल अस्पताल बागलुङमा शव संरक्षण कक्ष स्थापना भएको छ। एकैपटक चारवटा शव राख्न मिल्ने बाकस स्थापना गरिएको हो।

संरक्षण कक्ष नहुँदा शवको गन्धले अस्पताल परिसर नै दुर्गन्धित हुने गरेको थियो। सोही समस्या निराकरण गर्न शव संरक्षण कक्ष स्थापन गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए।

अस्पतालले पोस्टमार्टम कक्षसँगै शव भण्डारण कक्ष पनि स्थापना गरेको छ । प्रदेश सरकारले अस्पताल विकासका लागि विनियोजन गरेको एक करोड ७० लाख बजेटमध्ये यो शव राख्ने बाकसका लागि १३ लाख रुपैयाँ खर्च भएको बताइएको छ।

अस्पतालले सञ्चालनमा ल्याएको यो सेवा आरम्भ सोमबार बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले गरे। प्रजिअ क्षत्रीले अस्पतालले पछिल्ला दिनमा गरेको सुधारले सेवाग्राही उत्साहित भएको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार