स्याङ्जामा भेटिए डेंगुका बिरामी
स्याङ्जा : पुतलीबजार नगरपालिका– २ मा एकजनामा डेंगु संक्रमण भएको भेटिएको छ। ३२ वर्षीय एक पुरुषमा डेंगु फेला परेको हो।
गत बिहीबार अस्पतालमा भर्ना भएर उपचार गराइरहेका उनको ल्याब परीक्षणका क्रममा डेंगु भेटिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रलाल अर्यालले जानकारी दिए।
डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो। यो रोग विशेषगरी पोथी एडिज नामको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ।
शुरुमा बिरामीको टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, जिउ तथा हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरका मासु दुख्ने डेंगुका लक्षण भएकाले यस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने बताइन्छ।
डेंगुबाट बच्न घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घर नजिक झाडी नराख्ने र सुत्दा झुल प्रयोग गर्न पनि सुझाव दिइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण