Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य सचिव बरालले गरे पदबहाली

स्वास्थ्य सचिव बरालले गरे पदबहाली

काठमाडौं : स्वास्थ्य सचिव खगराज बरालले पदबहाली गरेका छन्। अघिल्लो साता शिक्षा मन्त्रालयबाट सरुवा भएसँगै सोमबार स्वास्थ्य मन्त्रालय पुगी बरालले बदबहाली गरेका हुन्।

पदबहालीको क्रममा प्रतिक्रिया दिँदै उनले आफू एक्लैले केही गर्न नसक्ने भन्दै काम गर्दै गर्दा जति सकिन्छ त्यसमा सन्तुष्टि लिने बताए।

यसअघिका सचिव रामप्रसाद थपलियालाई सरकारले गत साता अन्यत्रै सरुवा गरेपछि सचिव बराल यहाँ ल्याइएका हुन्।

बराल स्वास्थ्य मन्त्रालयमा एक वर्षका बिचमा जिम्मेवारी सम्हाल्ने प्रशासन समूह तर्फका चौथो सचिव हुन्। गत असोजमा सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा तान्ने क्रममा विवाद उत्पन्न भएपछि सरकारले स्वास्थ्य मन्त्रालयमा प्रशासन सचिवको समेत व्यवस्था गरेको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार