Health TV Online
Health TV Online
Health TV Online

डेंगुविरूद्ध महानगरपालिकामा घरदैलाे अभियान

डेंगुविरूद्ध महानगरपालिकामा घरदैलाे अभियान

काठमाडौं : डेंगु सार्ने लामखुट्टे नष्ट गर्न र जनचेतना जगाउन काठमाडौं महानगरपालिकाले घरदैलो अभियान चलाउने भएको छ। महानगरपालिकाको स्वास्थ्य विभागले लामखुट्टेको टोकाइबाट बच्न र डेंगु सार्ने लामखुट्टेको वृद्धि रोक्ने अभियान चलाउन लागको हो।

अभियान पहिलो चरणमा सोमबारदेखि काठमाडौं महानगरपालिको शोभाभगवती क्षेत्रमा डेंगु फैलाउने एडिस एजिप्टाइ लामखुट्टेको लार्भा नष्ट गर्ने तरिका सिकाउने र टोली आफैँले लामखुट्टेको लार्भा खोजी गरेर नष्ट गर्ने जनाइएको छ। यो क्षेत्रमा विभागले स्वास्थ्य स्वयंसेविकालाई खटाउने तयारी गरिरहेको छ। यसका लागि जनचेतना जगाउन स्वास्थ्य स्वयंसेविकालाई तालिम दिइइएको विभागका प्रमुख तथा जनस्वास्थ्य अधिकृत नरेन्द्रविलास कर्माचार्यले जानकारी दिए।

डेंगु लागिसकेपछि औषधि नहुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएकाले विभागले कार्यक्रम ल्याएको कर्माचार्यले बताए। त्यसैगरी महानगरपालिकाको वडा नम्बर १८ मा पनि डेंगु संक्रमण भएको जानकारी प्राप्त भएको र त्यो क्षेत्रमा पनि यस्तै अभियान जारी राख्ने जनाएको छ।

काठमाडौं उपत्यकाकामा अहिलेसम्म ५० भन्दा बढी डेंगु संक्रमित भइसकेका छन्। आइतबार मात्र महानगरपालिकाभित्रका तीनजना डेंगीु संक्रमित बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका छन्।

 

थप समाचार