सशस्त्रकाे एम्बुलेन्समा स्वास्थ्यकर्मीसहित आकस्मिक सेवा
चितवन : कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालिम शिक्षालयले स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।
नेपाल एम्बुलेन्स सर्भिस (एनएसको) को सहकार्यमा आकस्मिक सेवा तथा उद्धार प्रयोजनका लागि आइतबारदेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।
एम्बुलेन्समा एक स्वास्थ्यकर्मी साथमा रहने नेपाल एम्बुलेन्स सर्भिसका महासचिव शारदाभक्त रञ्जितले जानकारी दिए। अत्यधिक दुर्घटना हुने क्षेत्र भएकाले शिक्षालयमार्फत यस्ताे एम्बुलेन्स सञ्चालन गरिएको उनले बताए। एम्बुलेन्सभित्रै अत्यावश्यक प्राथमिक उपचार गरिने भएकाले दुर्घटनाका घाइतेको बाटैमा मृत्यु हुने सम्भावना कम हुने महासचिव रञ्जितकाे भनाइ छ।
अत्याधुनिक उपकरण, अत्याधुनिक उपचार विधि र आकस्मिक स्वास्थ्यकर्मी (इएमटीएस) साथमा उपलब्ध भएकाले अस्पताल पुग्नुभन्दा पहिला नै एम्बुलेन्सभित्र अत्यावश्यक चिकित्सा सेवा प्रदान गरिनेछ। एनएसले देशभर १० वटा यस्ता एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित