क्यान्सर प्रभावितकाे परिवारद्वारा सहयाेगकाे अपिल
झापा : क्यान्सरप्रभावित कनकाई नगरपालिका–३ का ५६ वर्षीय चानक उप्रेतीलाई बचाउन उहाँको परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको छ।
उप्रेतीलाई खाना नलीमा क्यान्सर भएकाे हाे। काठमाडौँको त्रिवि शिक्षण अस्पतालदेखि भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल उपचारका क्रममा ७० लाख भन्दा बढी भइसकेकाे परिवारले बताएकाे छ।
श्रीमती अम्बिकादेवीका अनुसार सरकारी जागिरबाट रिटायर्ड भएपछि प्राप्त ४० लाख र आफन्तसँग सापटी लिएकाे ३० लाख रूपैयाँ खर्च भइसकेको छ। उपचारमा अब २० लाख आवश्यक भएको चिकित्सकले बताएको उनले बताइन्।
पारिवारका स्रोतका अनुसार चिकित्सकले खाना नलीको क्यान्सर निर्मूल गर्न केमो पद्धतिबाट उपचार जारी राख्नुपर्ने बताएका छन्। ‘उहाँले स्वस्थ रहुञ्जेल राष्ट्रसेवक भएर देशको सेवा गर्नुभयो। क्यान्सरसँग लडिरहनुभएको यो अवस्थामा अब उहाँलाई बचाउनका लागि आर्थिक सहयोग गरिदिनु हुन देश–विदेशमा भएका सम्पूर्ण नेपालीमा अपिल गर्दछुु’, अम्बिकादेवीले आफ्नो अपिलमा भनेकी छिन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण