महाकाली अञ्चल अस्पताललाई मर्करी चेम्बर
कञ्चनपुर : भीमदत्त नगरपालिकाले महाकाली अञ्चल अस्पतालको शवगृहलाई व्यवस्थित बनाउन मर्करी चेम्बर उपलब्ध गराएको छ।
नगरपालिका कार्यालय र नगरपालिकाको वडा नं. ८ ले पाँच–पाँच लाखका दरले रकम विनियोजन गरी दुई मर्करी चेम्बर उपलब्ध गराएको हो। अस्पतालको शवगृहमा मर्करी चेम्बरको व्यवस्था भएपछि शवलाई सहज रूपमा राख्न सजिलो भएको छ।
मर्करी चेम्बरको व्यवस्था नहुँदा शवगृहमा राखिएका शव गन्हाउने र त्यस क्षेत्र नजिक भएर हिँडनसमेत मुस्किल हुने गरेको थियो। ‘शव कुहिने र गन्हाउने समस्या निराकरण गर्नका लागि मर्करी चेम्बरको व्यवस्था गरिएको छ’, नगरप्रमुख सुरेन्द्र विष्टले भने।
निर्वाचनका बेला अस्पताल सुधारका लागि कार्य गर्ने प्रतिबद्धताअनुरूप कार्य गरिएको उनले बताए। अस्पतालकाे सुधारका लागि नगरपालिकाले सक्दो सहयोग उपलब्ध गराउने उनकाे भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण