Health TV Online
Health TV Online
Health TV Online

डेंगुले चितवनमा एकजनाकाे मृत्यु

डेंगुले चितवनमा एकजनाकाे मृत्यु

चितवन : डेंगुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ। भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय एक पुरुषकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो। उनको नाम गोप्य राखिएको छ। सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनी त्यहाँ उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज पुगेका थिए। उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए।

जिल्लामा केही दिनयता डेंगुको संक्रमण बढ्दो छ। उनका अनुसार साउनयता भदौ ६ गतेसम्म जिल्लामा ५६७ जनाको परीक्षण गरिएकामा २२५ मा डेंगुको संक्रमण भेटिएको छ । तीमध्ये ४० प्रतिशत भरतपुर महानगरपालिकाका रहेको केसीकाे भनाइ छ। डेंगु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान चलाइए पनि प्रभावकारी हुन सकेकाे छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार