स्वास्थ्य बिमापछि सेवा लिने बढे
पाल्पा : जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढेका छन्। तीन महीनाअघि स्वास्थ्य बिमा सेवा शुरु भएपछि बिरामी बढेका हुन्।
दैनिक २०\२२ जना आँखा उपचारका लागि आउने गरेकामा बिमा कार्यक्रम शुरु गरेपछि हाल ६० को हाराहारीमा बिरामी आउन थालेको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले बताए।
नेपाल सरकारले बिमामार्फत तोकेबमोजिमका सबै सेवा बिरामीलाई दिइएको छ। जिल्लामा २०७६ साल वैशाख २० गते बिमा कार्यक्रम शुरु गरिएको हो।
अस्पतालले हरेक महिना गर्ने बृहत् आँखा शल्यक्रिया शिविरमा पनि बिमा गरेपछि सेवा लिने बढेका छन्। शिविरमा बढीमा एक सयको हाराहारीमा बिरामी आउने गरेकामा अहिले तीन सयको हाराहारीमा बिरामी आँखा जाँच तथा शल्यक्रियाका लागि आउने गरेको केन्द्रले जनाएको छ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल