स्वास्थ्य बिमापछि सेवा लिने बढे
पाल्पा : जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढेका छन्। तीन महीनाअघि स्वास्थ्य बिमा सेवा शुरु भएपछि बिरामी बढेका हुन्।
दैनिक २०\२२ जना आँखा उपचारका लागि आउने गरेकामा बिमा कार्यक्रम शुरु गरेपछि हाल ६० को हाराहारीमा बिरामी आउन थालेको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले बताए।
नेपाल सरकारले बिमामार्फत तोकेबमोजिमका सबै सेवा बिरामीलाई दिइएको छ। जिल्लामा २०७६ साल वैशाख २० गते बिमा कार्यक्रम शुरु गरिएको हो।
अस्पतालले हरेक महिना गर्ने बृहत् आँखा शल्यक्रिया शिविरमा पनि बिमा गरेपछि सेवा लिने बढेका छन्। शिविरमा बढीमा एक सयको हाराहारीमा बिरामी आउने गरेकामा अहिले तीन सयको हाराहारीमा बिरामी आँखा जाँच तथा शल्यक्रियाका लागि आउने गरेको केन्द्रले जनाएको छ।




डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित