विद्यालयलाई अटोमेटिक सेनेटरी प्याड मेसिन
गुल्मी : सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयलाई अटोमेटिक सेनेटरी प्याड मेसिन प्रदान गरिएको छ।
सुरक्षित महिनावारी अभियानको क्षेत्रमा क्रियाशील गंगा खड्काले विद्यायललाई मेसिन प्रदान गरेकी हुन्। रेसुंगा नगरपालिकाकी उपप्रमुख सीता भण्डारीले एक कार्यक्रममा विद्यालयलाई मेसिन हस्तान्तरण गरिन्।
खड्कालाई केही दिनअघि दुर्गममा बसेर विद्यालयका किशोरी छात्रालक्षित अभियान सञ्चालन गरेको भन्दै खानेपानी तथा सरसफाइ मन्त्रालयलले उक्त मेसिन उपहार दिएको थियो ।
विद्यालका प्रधानाध्यापक डोरविक्रम श्रीषले मेसिनको विद्यालयले अधिकतम प्रयोग गर्ने बताए ।
मेसिनमा २ रुपैयाँ राखेपछि सेनेटरी प्याड निस्किन्छ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै