दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु
मोरङ : सुन्दरहरैचा नगरपालिका ७ स्थित पूर्व पश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकसँग ठोक्किँदा एकजनाको मृत्यु भएको हो। दुर्घटनामा ६ जना घाइते भएका छन्।
दुर्घटनामा एम्बुलेन्स चालक इलाम नगरपालिका २ का २१ वर्षीय रमेश निरौलाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार राति करिब १ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च २००३ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रकसँग ठोक्किएको थियो।
दुर्घटनामा एम्बुलेन्समा सवार ५ जना र ट्रकका सहचालक घाइते भएका छन्। घाइते सबैको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ।
ट्रकका चालक फरार छन्।दुर्घटनामा परेका दुवै सवारी साधन इलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा छ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने