म्याग्दीकाे बेनीमा फैलियो पखालाको संक्रमण
म्याग्दी : हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता पखालाको संक्रमण फैलिएको छ। मौसम बदलिएसँगै पानीको मुहानमा फोहाेर मिसिएका कारण पखालाको संक्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ।
वर्षायामको समयमा बढी पानी पर्ने भएकाले पिउने पानीका मुहानमा फोहर मिसिएकाले पखाला फैलिएकोे बेनी अस्पतालका डा.नवराज बस्ताकोटीले जानकारी दिए।
ल्याब परीक्षण गर्दा बिरामीमा रगतमासीसँग सम्बन्धित हिस्टोलिटीका जीवाणु भेटिएको उनको भनाइ छ। दैनिक १५ देखि २० जना बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए।
बेनी नगरपालिका–७ र ८ मा बढी यो पखालाको संक्रमणका बिरामी अस्पताल आउने गरेका छन्। पखाला सङ्क्रमण हुँदा बिरामीलाई वाकवाकी लाग्ने, बिरामीको दिसामा रगतमासी देखिने र बिरामीलाई कडा खालको ज्वरो आउने जस्ता लक्षण देखिने डा. बस्ताकोटीले जानकारी दिए।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने