राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले दिए सामूहिक राजीनामा
काठमाडाैं : दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन्।
आफूहरुमाथि उपकूलपति डा संगीता भण्डारी एवं पदाधिकारीले मानसिक तनाव दिएको साथै अपमान गर्ने गरेको भन्दै सामूहिक राजीनामा दिएको बताएका छन्।
बिना कारण पटकपटक स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने जस्ता धम्कीको भाषा प्रयोग गरेको तथा मनोबल गिराउने काम गरेकाले आत्मसम्मानका लागि बाध्य भएर राजीनामा दिएको उनीहरूकाे भनाइ छ । उपकुलपतिकै कारण शारीरिक र मानसिक रुपमा विक्षिप्त भई काम गर्न नसक्ने अवस्था आएकाे पनि उनीहरुले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
उपकुलपति भण्डारीलाई यस विषयमा ध्यानाकर्षण गराई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दा समेत कुनै वास्ता नै नगरेको राजीनामा पत्रमा उल्लेख छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण