राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले दिए सामूहिक राजीनामा
काठमाडाैं : दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन्।
आफूहरुमाथि उपकूलपति डा संगीता भण्डारी एवं पदाधिकारीले मानसिक तनाव दिएको साथै अपमान गर्ने गरेको भन्दै सामूहिक राजीनामा दिएको बताएका छन्।
बिना कारण पटकपटक स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने जस्ता धम्कीको भाषा प्रयोग गरेको तथा मनोबल गिराउने काम गरेकाले आत्मसम्मानका लागि बाध्य भएर राजीनामा दिएको उनीहरूकाे भनाइ छ । उपकुलपतिकै कारण शारीरिक र मानसिक रुपमा विक्षिप्त भई काम गर्न नसक्ने अवस्था आएकाे पनि उनीहरुले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
उपकुलपति भण्डारीलाई यस विषयमा ध्यानाकर्षण गराई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दा समेत कुनै वास्ता नै नगरेको राजीनामा पत्रमा उल्लेख छ ।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?