डाेटीमा डेंगुबाट एकजनाको मृत्यु
डोटी : जिल्लामा डेंगुबाट एकको मृत्यु भएको छ। डेंगुका कारण दिपायल सिलगढी नगरपालिका ६ थाप्लाकी ४२ वर्षीया छत्र मलासीको मृत्यु भएको हो।
बिहीबार बिहान उनको मृत्यु भएको हो। टाउको दुख्ने ज्वरो आउने क्रम नरोकिएपछि उपचारका लागि धनगढी लगिएको थियो।
जेठाजु नारद मलासीका अनुसार शुरुमा यो भारइल ज्वरो भन्ने ठानिएको थियो। शुरुमा नजिकै मायामेट्रो अस्पतालमा उपचार गरिएकाे उनमा समस्या बढ्दै गएपछि उपचारका लागि धनगढी ल्याएपछि मात्र उनमा डेंगु भएको थाहा भएको थियो।
उनको मृत्यु भएपछि स्थानीय बासिन्दामा त्रास छाएको छ। मसालीलाई डेंगु र स्क्रप टाइफसका दुई बिरामी देखिएको मायामेट्रो अस्पतालका डाक्टर विष्णु जोशीले जानकारी दिए।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?