‘प्रधानमन्त्रीकाे स्वास्थ्यबारे अनावश्यक अड्कल धेरै भए’
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर सक्कली, नक्कली र डेडअक्कली बहस चलेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले प्रधानमन्त्री नियमित ‘फलोअप’ का लागि सिंगापुर गएको बताए।
‘सक्कली कुरा १२ वर्षअघि मिर्गौला ट्रान्सफर भएको हो। नक्कली कुरा के? जानीवरी जोतिषलाई हेराएर आएर समाचार लेख्ने, फेसबुकमा ट्वीट गर्ने ’, उनले भने।
प्रधानमन्त्रीले आफू स्वस्थ रहेको र अर्को चुनावका लागि तयार रहन प्रतिपक्षीलाई चुनौती दिएको पनि मन्त्री बास्कोटाले स्मरण गराए।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने