चितवनमा एक महिनामा १०६ जनालाई डेंगु
चितवन : जिल्लामा एक महिनामा १०६ जनामा डेंगुको संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४५३ जनामा गरिएको परीक्षणका क्रममा १०६ जनामा संक्रमण भेटिएको हो।
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार संक्रमितमध्ये ७८ जना चितवनका हुन्। तीमध्ये ६९ जना भरतपुर महानगरपालिकाका छन्। भरतपुर महानगरपालिका वडा नं १, २ र ३ मा बढी सङ्ख्यामा डेंगुको जोखिम देखिएको केसीले जानकारी दिए। महानगरको कमलनगर र पुलचोक क्षेत्र बढी प्रभावित रहेको उनले बताए।
सङ्क्रमण बढेसँगै डेङ्गुको प्रकोप फैलिन सक्ने देखिएपछि कार्यालयले सबैलाई सतर्क रहन आग्रह गरेको छ। महानगरका १, २, ३, ४, १० नं वडा डेंगुको उच्च जोखिममा रहेको बताइएको छ। यी वडामा कबाडी पसल, ग्यारेज तथा वर्कशप र होटल धेरै छन्।
आर्थिक वर्ष २०७५\७६ मा एक हजार ९५१ जनाको रक्त परीक्षण गरिएकामा ३१ जनामा सो रोग देखिएको थियो। डेंगु रोग एडिस एजेप्टाइ नामको पोथी लामखुट्टेको टोकाइबाट लाग्छ। यो लामखुट्टेको टोकाइबाट बच्नसके डेंगुको सङ्क्रमणबाट बच्न सकिने हुँदा सतर्क रहन चिकित्सकले सुझाव दिएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण