स्वास्थ्याेपचारका लागि प्रधानमन्त्री आज सिंगापुर जाँदै
काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार सिंगापुर जाँदै छन्। प्रधानमन्त्री ओली दिउँसो साढे १ बजे थाई एयरमार्फत सिंगापुर प्रस्थान गर्न लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए।
सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि त्यसतर्फ जान लागेका हुन्। ओलीसँगै प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्या सिंहलगायत पनि सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने छन्। अघिल्लोपटक स्वास्थ्य परीक्षणका लागि नौ दिन सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीकाे यसपटककाे बसाइ कति दिन लामाे हुने भन्नेबारे केही पनि बताइएको छैन ।
प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी हुन्। उनले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण