गर्मी माैसममा यसरी जाेगाउनुस् बालबालिकालाई
गर्मीयाममा तापक्रम वृद्धिसँगै प्रदूषण, धुवाँधुलो र दूषित पानीको समस्या हुन्छ। यो वेला बालबालिकामा विभिन्न संक्रमण हुने सम्भावना बढ्छ।
गर्मी मौसममा अधिकांशमा देखिने समस्या हो, झाडापखाला। यो भाइरस र ब्याक्टेरियाको संक्रमणका कारण हुन्छ। झाडापखालाको समयमै रोकथाम गर्न सकिएन भने बच्चाको ज्यानै पनि जान सक्छ।
झाडापखाला लागेका साना बच्चालाई आमाको दूध साबिकभन्दा धेरै खुवाउनुपर्छ। त्यस्तै, सफा पानी र जीवनजल प्रशस्त मात्रामा खुवाउनुपर्छ । त्यसैगरी, झोलयुक्त खानेकुरा, गेडागुडीको रस आदि खुवाएर झाडापखाला नियन्त्रण गर्न सकिन्छ ।
गर्मी मौसममा बालबालिकामा एक्कासी ज्वरो आउनसक्छ। शरीरको तापक्रम १०२ देखि १०४ डिग्रीसम्म पुग्छ । भाइरल ज्वरो एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले यो निकै खतरनाक हुन्छ ।
ज्वरो आएको समयमा बच्चालाई पानीपट्टी गर्न सकिन्छ । नरम कपडालाई पानीमा भिजाएर पूरै शरीर पुछ्नुपर्छ । तर, जथाभावी एन्टिबायोटिक औषधि खुवाउनुहुँदैन।
गर्मीबाट बच्ने नाममा चिसो खानेकुरा खाँदा घाँटीमा संक्रमण हुने सम्भावना हुन्छ ।जसले गर्दा बच्चामा ब्रोंकाइटिस हुने तथा श्वासप्रश्वासमा समस्या देखिन सक्छ ।
अन्यको तुलनामा बालबालिकामा प्रतिरोधी क्षमता कम हुन्छ, गर्मी मौसममा अझ नाजुक हुने भएकाले भाइरल इन्फेक्सनले सताउँछ ।
गर्मी मौसममा बालबालिकामा रुघाखोकीको जोखिम बढी हुन्छ । त्यस्तै, बान्ता हुने, रिंगटा लाग्ने, छालामा विभिन्न समस्या देखा पर्छन्।
गर्मी मौसममा संक्रमण चाँडो फैलिने भएकाले बालबालिकाको विशेष हेरचाह गर्नुपर्छ। घाममा धेरै खेल्न नदिने, फोहर पानीमा खेल्न वा भिज्न नदिने, हुलमुलमा जाँदा मास्क लगाउन लगाउने र खानपानमा ध्यान दिने गर्नुपर्छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित