प्रदेश ३ का विद्यालयमा १०१ नर्स माग, कहाँ कति?
प्रदेश ३ सरकारले ‘एक विद्यालय एक नर्स कार्यक्रम’ विस्तार गरेको छ। प्रदेशभित्रका १३ जिल्लाका एक सय १ स्थानीय तहमार्फत सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको सामाजिक विकास मन्त्री युवराज दुलालले बताए।
यसअघि मन्त्रालयले सो कार्यक्रम केही विद्यालयमा कार्यान्वयनमा ल्याइसकेको थियो। देश तीनको सामाजिक विकास मन्त्रालयले १०१ नर्सका लागि दरखास्त आह्वान गरेको छ। एक नर्स एक विद्यालय कार्याक्रम प्रभावकारी बनेपछि गएपछि सिन्धुलीमा आठ, रामेछाप सात, दोलखा आठ, सिन्धुपाल्चोक १०, काभ्रे १२, ललितपुर पाँच, भक्तपुर तीन, काठमाडौ ९, नुवाकोट १०, रसुवा चार, धादिङ ११, मकवानपुर ८ र चितवन ६ स्थानीय तहका एक विद्यालयमा नर्सको व्यवस्था गर्न लागिएकाे हाे।
यो योजना लागू भएका विद्यालयमा नर्सले प्रत्येक दिन बालबालिबाको अवस्थाबारे जाँचबुझ, स्वास्थ्य रहन गरिने कार्यबारे जानकारी दिने, व्यवहारिक प्रयोगबारे सिकाउने, विद्यालयमा जंक फुड प्रयोग निषेध गर्ने र स्वस्थ्य खानेकुरा बनाइन्छ भन्नेबारे सिकाउने छन्।
नर्सले प्रत्येक विद्यार्थीको स्वास्थ्यबारे दैनिक जानकारी लिनेछन्। छात्राको प्रजनन् अवस्था र समयअनुसार शारीरिक अवस्थामा आउने परिवर्तनबारे समेत नर्सले विद्यालयमा सहजीकरण गर्नेछन्। उनीहरूले आफूसँगै घरपरिवारलाई स्वास्थ्य रहने तरिका पनि सिकाउनेछन्। प्राथमिक उपचारले ठीक नभएका बिरामी विद्यार्थीलाई नर्सले अस्पताल पठाउनेछन् ।
मन्त्रालयले चालू आर्थिक वर्षमा १२१ विद्यालयमा नर्स कार्यक्रमका लागि ६ करोड ६५ लाख रूपैयाँ विनियोजन गरेको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो