Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडाै‌ंमा ५५ जनालाई डेंगु

काठमाडाै‌ंमा ५५ जनालाई डेंगु

काठमाडाै‌ं : काठमाडाै‌ं उपत्यकामा याे वर्ष अहिलेसम्म ५५ जनामा डेंगु संक्रमण देखिएकाे छ।

उपत्यकाका १० वटा अस्पतालमा आएका मध्ये ५५ जनामा डेंगु संक्रमण देखिएको इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालले बताए।  यो स‌ंख्या अझै बढ्नसक्ने उनले बताए। महाशाखाले २३ वटा अस्पतालबाट तथ्या‌ंक संकलन गरेको थियो।

लालका अनुसार काठमाडौं उपत्यका तथा अन्य स्थानमा डेंगु सार्ने लामखुट्टेका दुवै प्रजाति भेटिएको छ। गत वर्ष यही समयमा उपत्यकामा मात्रै १६ जनालाई डेंगु देखिएको थियो भने देशभर ८११ जना संक्रमित भएका थिए।

डेंगुबाट विशेषगरी बालबालिका, जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरू सतर्क रहनुपर्ने चिकित्सकहरू बताउँछन्। याे राेगबाट बच्न वर्षाकाे समयमा विशेष ध्यान दिनुपर्ने उनीहरूकाे भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार