डडेल्धुराकाे परशुराममा झाडापखालाको प्रकोप
डडेल्धुरा : जिल्लाकाे भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा झाडापखालाको प्रकोप फैलिएको छ। वडा नम्बर ८ मा पर्ने सानखोला र धादलीफाँटामा झाडापखालाको प्रकोप देखिएको हो।
दुई गाउँमा अहिलेसम्म ६५ जनामा झाडापखला देखिएको परशुराम स्वास्थ्य शाखाका उप–संयोजक हिक्मत धामीले जानकारी दिए।
साउन २९ शुरु भएको प्रकोप अहिलेसम्म नियन्त्रणमा नआएको परशुराम नगरपालिका–८ का वडाध्यक्ष गोविन्द बोहराले बताए। ६० जना बिरामीको सादनी स्वास्थ्य चौकी प्रमुख आनन्दकुमार यादवको नेतृत्वको टोलीले उपचार गरिरहेको छ।
पाँच जनालाई जोगबुडा अस्पतालमा रेफर गरिएको जनाइएको छ। उनीहरुमध्ये चार जना डिस्चार्ज भइसकेको र एक जनालाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण