डडेल्धुराकाे परशुराममा झाडापखालाको प्रकोप
डडेल्धुरा : जिल्लाकाे भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा झाडापखालाको प्रकोप फैलिएको छ। वडा नम्बर ८ मा पर्ने सानखोला र धादलीफाँटामा झाडापखालाको प्रकोप देखिएको हो।
दुई गाउँमा अहिलेसम्म ६५ जनामा झाडापखला देखिएको परशुराम स्वास्थ्य शाखाका उप–संयोजक हिक्मत धामीले जानकारी दिए।
साउन २९ शुरु भएको प्रकोप अहिलेसम्म नियन्त्रणमा नआएको परशुराम नगरपालिका–८ का वडाध्यक्ष गोविन्द बोहराले बताए। ६० जना बिरामीको सादनी स्वास्थ्य चौकी प्रमुख आनन्दकुमार यादवको नेतृत्वको टोलीले उपचार गरिरहेको छ।
पाँच जनालाई जोगबुडा अस्पतालमा रेफर गरिएको जनाइएको छ। उनीहरुमध्ये चार जना डिस्चार्ज भइसकेको र एक जनालाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने