बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभाव
धरान : यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभाव भएको छ। प्रतिष्ठानको एक हजार ६०० लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट बिग्रिएर काम नगरेपछि अक्सिजन अभाव भएको हो।
बाहिरबाट सिलिण्डर किनेर ल्याइँदै आए पनि पर्याप्त नआएपछि अभाव भएको प्रतिष्ठानले बताएकाे छ। अक्सिजन निर्यात गर्दै आएको कम्पनीले पर्याप्त निर्यात गर्न छाडेपछि आकस्मिककक्ष र बिरामी उपचार गर्न राख्ने वाडमा अक्सिन अभाव भएको चिकित्सकले जानकारी दिए। प्रतिष्ठानको प्लान्ट बिग्रिएपछि दुर्गा प्लान्ट दुहवीबाट निर्यात गरिँदै आएको थियो। उसले पनि पर्याप्त सिलिण्डर उपलब्ध गराउन नसकेपछि अभाव भएको बताइएको छ।
प्रतिष्ठानले दैनिक ६० हजारदेखि ८० हजार रूपैयाँ व्ययभार हुने गरी सिलिण्डर खरीद गर्दै आए पनि पछिल्लो समय सिलिण्डर पर्याप्त नआएको एक चिकित्सकले बताए। प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. डा. गुरुप्रसाद खनालले प्रतिष्ठानको अक्सिजन प्लान्टले लामो समयदेखि काम नगरेका कारण सिलिण्डर किन्दै आएको बताए। दुई साताभित्र मर्मत गरी उत्पादन शुरु गरिने उनकाे भनाइ छ। प्रतिष्ठानलाई प्रतिमिनेट ८०० लिटर अक्सिजन आवश्यक पर्छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित