‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ बारे संसदीय समितिकाे चासाे
काठमाडाैं : संसदीय समितिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्माणाधीन ‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ बारे चासो देखाएको छ।
तीनपटक म्याद थप्दा पनि निर्माण नसकिएको भन्दै संसदीय शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयसँग छलफल गर्ने निर्णय गरेको छ।
समितिले मंगलबारकाे बैठकमा बुधबार बस्ने बैठकमा शिक्षामन्त्री र सचिव, स्वास्थ्यमन्त्री र सचिव, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई बोलाउने निर्णय गरेको छ। समितिले भौत्तिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई पनि बोलाउने निर्णय गरेको छ।
तीन वटै मन्त्रालय, त्रिभुवन विश्वविद्यालयको जवाफ सुनेपछि सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल निर्माणका सन्दर्भमा निर्देशन दिने समितिको तयारी छ। यसअघि पनि समितिले यस विषयमा पटकपटक छलफल गरेको थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित