‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ बारे संसदीय समितिकाे चासाे
काठमाडाैं : संसदीय समितिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्माणाधीन ‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ बारे चासो देखाएको छ।
तीनपटक म्याद थप्दा पनि निर्माण नसकिएको भन्दै संसदीय शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयसँग छलफल गर्ने निर्णय गरेको छ।
समितिले मंगलबारकाे बैठकमा बुधबार बस्ने बैठकमा शिक्षामन्त्री र सचिव, स्वास्थ्यमन्त्री र सचिव, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई बोलाउने निर्णय गरेको छ। समितिले भौत्तिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई पनि बोलाउने निर्णय गरेको छ।
तीन वटै मन्त्रालय, त्रिभुवन विश्वविद्यालयको जवाफ सुनेपछि सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल निर्माणका सन्दर्भमा निर्देशन दिने समितिको तयारी छ। यसअघि पनि समितिले यस विषयमा पटकपटक छलफल गरेको थियो।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त