दुर्गम गाउँपालिकामा पहिलाेपटक एम्बुलेन्स
कालिकाेट : पचालझरना गाउँपालिकामा एम्बुलेन्स सुविधा पुगेकाे छ। सर्वसाधारणको उपचारमा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको हो।
दुर्गम क्षेत्रमा आकस्मिक उपचारका समयमा हुन आउने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले जनताको सेवाका लागि एम्बुलेन्स सेवा शुरु गरेको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल बताए।
‘यहाँका मानिसहरुमा अझै पनि अस्पताल पुग्न सहज वातावरण छैन’, उनले भने, ‘स्थानीयवासीको सहजताका लागि एम्बुलेन्स खरीद गरेका हौँ।’ गाउँपालिकाको १२ लाख रूपैयाँ लगानीमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिकाका अध्यक्ष सेजुवालले बताए।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै दुर्गम तथा पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकारले सबै प्रकार सेवा दिन तयार रहेको बताउनुभयो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण