दुर्गम गाउँपालिकामा पहिलाेपटक एम्बुलेन्स
कालिकाेट : पचालझरना गाउँपालिकामा एम्बुलेन्स सुविधा पुगेकाे छ। सर्वसाधारणको उपचारमा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको हो।
दुर्गम क्षेत्रमा आकस्मिक उपचारका समयमा हुन आउने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले जनताको सेवाका लागि एम्बुलेन्स सेवा शुरु गरेको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल बताए।
‘यहाँका मानिसहरुमा अझै पनि अस्पताल पुग्न सहज वातावरण छैन’, उनले भने, ‘स्थानीयवासीको सहजताका लागि एम्बुलेन्स खरीद गरेका हौँ।’ गाउँपालिकाको १२ लाख रूपैयाँ लगानीमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिकाका अध्यक्ष सेजुवालले बताए।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै दुर्गम तथा पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकारले सबै प्रकार सेवा दिन तयार रहेको बताउनुभयो।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने