योग विज्ञान, प्राकृतिक चिकित्सा र आयुर्वेदकाे पाठ्यक्रम तयार
काठमाडाैं : योग विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान, आयुर्वेद र जडिबुडी विषयकाे पाठ्यक्रम तयार भएको छ।
योग विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण, परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले पाठ्यक्रम तयार पारेर साेमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको हाे।
योग विज्ञान, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा प्राविधिक शिक्षा तथा विद्यालय शिक्षामा आवश्यकता, सम्भाव्यता, औचित्यता र सान्दर्भिकताको आधारमा सञ्चालन गर्न सकिने सम्भावित कार्यक्रमहरूको पहिचान गर्न नेपाल संस्कृत विश्वविद्यालयका योग एवं प्राकृतिक विषय समितिका अध्यक्ष डा. हरिप्रसाद पोखरेल संयोजक रहेको समिति गठन गरिएकाे थियाे।
समितिले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउनको लागि कक्षा ९ देखि १२ सम्मको विद्यालय शिक्षामा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी ऐच्छिक विषय तत्काल व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिएको छ।
नयाँ पाठ्यक्रममा नेपालको जडिबुडीसम्बन्धी अध्ययन समेटिएको समितिका संयोजक डा.पोखरेलले भनाइ छ। समितिको सदस्यहरूमा डा. शेषराज आर्चाय, प्रा.डा. सञ्जय पोखरेल, प्रा.डा. नन्दबहादुर सिंह, डा. जनकबहादुर बस्नेत, डा. लेखनाथ पौडेल, सञ्जिवकुमार राई छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित