योग विज्ञान, प्राकृतिक चिकित्सा र आयुर्वेदकाे पाठ्यक्रम तयार
काठमाडाैं : योग विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान, आयुर्वेद र जडिबुडी विषयकाे पाठ्यक्रम तयार भएको छ।
योग विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण, परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले पाठ्यक्रम तयार पारेर साेमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको हाे।
योग विज्ञान, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा प्राविधिक शिक्षा तथा विद्यालय शिक्षामा आवश्यकता, सम्भाव्यता, औचित्यता र सान्दर्भिकताको आधारमा सञ्चालन गर्न सकिने सम्भावित कार्यक्रमहरूको पहिचान गर्न नेपाल संस्कृत विश्वविद्यालयका योग एवं प्राकृतिक विषय समितिका अध्यक्ष डा. हरिप्रसाद पोखरेल संयोजक रहेको समिति गठन गरिएकाे थियाे।
समितिले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउनको लागि कक्षा ९ देखि १२ सम्मको विद्यालय शिक्षामा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी ऐच्छिक विषय तत्काल व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिएको छ।
नयाँ पाठ्यक्रममा नेपालको जडिबुडीसम्बन्धी अध्ययन समेटिएको समितिका संयोजक डा.पोखरेलले भनाइ छ। समितिको सदस्यहरूमा डा. शेषराज आर्चाय, प्रा.डा. सञ्जय पोखरेल, प्रा.डा. नन्दबहादुर सिंह, डा. जनकबहादुर बस्नेत, डा. लेखनाथ पौडेल, सञ्जिवकुमार राई छन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै