एक महिनामै १२१ जनामा डेंगुको संक्रमण
पाेखरा : एक महिनाकाे अवधिमा पाेखरामा १२१ जनामा डेंगुको संक्रमण भएकाे छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा. भोजराज गौतमका अनुसार याे साउन १ देखि भदाै २ सम्मकाे तथ्यांक हाे।
‘पोखरा महानगरको वडा नम्बर ८, ९ डेंगुको कारण अति जोखिम क्षेत्र रहेकाे बताइएकाे छ। यी क्षेत्रमा धेरै मोटर ग्यारेज, वर्कसप, थोत्रा टायरहरु फालिएको र कवाडी संकलकहरुको व्यवस्थित संकलन नगर्दा डेंगुकाे संक्रमणा बढेको हाे।धेरै खाल्डाखुल्डी र त्यहाँ पानी जम्ने समस्याले पनि समस्या निम्त्याएको गाैतमकाे भनाइ छ।
डेंगुको संक्रमण बढ्न थालेपछि पोखरामा चिकित्सकले सजगता अपनाउन आग्रह गरेका छन्। डेंगुको बिरामी दिनानुदिन बढ्न थालेपछि सचेतना कार्यक्रम थालिएको छ। अहिले मेडिकल कजेलका विद्यार्थीहरुको सहयोगमा लामखुट्टेको बासस्थान नष्ट गर्ने, सचेतनाका कार्यक्रमहरु गर्ने गरिएको छ।
समुदायका मानिसहरुसँग भेटेर यसबारेमा जानकारी गराउने, कसरी जोगिने भनेर बताउने गरेकाे गाैतमले जानकारी दिए।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण