विदाकाे दिन पनि सहज उपचार
सल्यान : त्रिवेणी गाउँपालिकाले ३६५ दिन नै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्ने भएको छ। गाउँपालिकाभित्रका नागरिकले विदाको दिनसमेत स्वास्थ्य सेवा प्राप्त गर्ने गरी स्वास्थ्य संस्था खुला राख्ने व्यवस्था गरिएको हो।
गाउँपालिकाभित्रका चार स्वास्थ्यचौकी र दुई सामुदायिक स्वास्थ्य एकाइ खुला राखेर सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाका दिन पनि सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भनेर यो व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिए।
‘गाउँपालिकाभित्रका नागरिक सानो समस्या आएर मेडिकल र जिल्ला बाहिर नजाउन् र सरकारी स्वास्थ्य संस्थाबाटै सेवा प्राप्त गर्न सकुन् भनेर यो व्यवस्था गरिएको हो, अब वर्षभरि गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्था खुला रहनेछन्’, अध्यक्ष डाँगीले भने। कर्मचारी व्यवस्थापनका लागि विदाका दिन अतिरिक्त सुविधाको व्यवस्था गरिएको उनले जानकारी दिए।
विदाका दिन स्वास्थ्य संस्थाबाट सेवा दिएपछि स्थानीयवासी खुशी भएका प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगीले बताए। १९ हजार जनसङ्ख्या भएको त्रिवेणीमा विदाका दिन विद्यार्थीले बढी सेवा लिने गरेका गाउँपालिकाले जनाएको छ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल