काठमाडौंमा बिहीबारदेखि चिकित्सा शिक्षा मेला
काठमाडौं : विश्वका विभिन्न मुलुकको चिकित्सा शिक्षा, शैक्षिक कर्जा र आवास व्यवस्थाबारे नेपालमा पहिलोपटक ‘मेडिकल एजुकेसन करियर एक्स्पो, २०१९’ हुने भएको छ ।
‘वाइड रेन्ज कन्सल्टेन्सीले भदौ ४ र ५ गते काठमाडौँमा आयोजना गर्न लागेको मेलामा नेपालसहित बंगलादेश, चीन, भारत, फिलिपिन्स, रुस, युक्रेन, उज्वेकिस्थान, जर्जिया र मरिसस्लगायत मुलुकका सम्बन्धित विश्वविद्यालयका प्रतिनिधि सहभागी हुनेछन्।
कन्सल्टेन्सीका प्रमुख सुदीप नायकका अनुसार मेलामा विद्यार्थीका लागि प्रवेशाज्ञा प्रक्रिया र सिटिजन्स बैंकले प्रदान गर्ने शैक्षिक कर्जाका बारेमा पनि परामर्श दिइनेछ। ती विश्वविद्यालयले दिन सक्ने छात्रवृत्ति र शैक्षिक भ्रमणका सम्बन्धमा पनि मेलामा जानकारी गराइने छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण