काठमाडौंमा बिहीबारदेखि चिकित्सा शिक्षा मेला
काठमाडौं : विश्वका विभिन्न मुलुकको चिकित्सा शिक्षा, शैक्षिक कर्जा र आवास व्यवस्थाबारे नेपालमा पहिलोपटक ‘मेडिकल एजुकेसन करियर एक्स्पो, २०१९’ हुने भएको छ ।
‘वाइड रेन्ज कन्सल्टेन्सीले भदौ ४ र ५ गते काठमाडौँमा आयोजना गर्न लागेको मेलामा नेपालसहित बंगलादेश, चीन, भारत, फिलिपिन्स, रुस, युक्रेन, उज्वेकिस्थान, जर्जिया र मरिसस्लगायत मुलुकका सम्बन्धित विश्वविद्यालयका प्रतिनिधि सहभागी हुनेछन्।
कन्सल्टेन्सीका प्रमुख सुदीप नायकका अनुसार मेलामा विद्यार्थीका लागि प्रवेशाज्ञा प्रक्रिया र सिटिजन्स बैंकले प्रदान गर्ने शैक्षिक कर्जाका बारेमा पनि परामर्श दिइनेछ। ती विश्वविद्यालयले दिन सक्ने छात्रवृत्ति र शैक्षिक भ्रमणका सम्बन्धमा पनि मेलामा जानकारी गराइने छ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने