पाेखरामा एकै दिन डेंगुका १६ बिरामी फेला
पाेखरा : पोखरा महानगरपालिका–८ मा आइतबार मात्रै डेंगुका १६ जना बिरामी भेटिएका छन्। पोखराका विभिन्न अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।
वडा नं ८ भित्र कवाड संकलन केन्द्रमा रहेका टायरसँगै स्थानीयका घरमा रहेका पुराना भाडामा जम्मा भएको पानी नै डेंगु संक्रमणको प्रमुख कारक देखिएको स्वास्थ्य कार्यालयका अधिकृत याम बरालले जानकारी दिए।
कास्कीमा यही भदौ १ गतेसम्म १०१ जना डेङ्गुका बिरामी देखिएका छन्। पोखराका वडा नं. ८, ९ र १७ मा डेंगु सार्ने लामखुट्टे बढी देखिएका बताइएको छ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल