झाडापखालाले ६६ जना बिरामी
डडेलधुरा : परशुराम नगरपालिकामा झाडापखालाको महामारी फैलिएको छ। झाडापखालाबाट ६६ जना बिरामी परेका नगरपालिकाका स्वास्थ्य शाखा उपसंयोजक हिक्मत धामीले जानकारी दिए।
वडा नं. ८ मा पर्ने जमरानी, गैरी गाउँ, गुप्टेगडाँ, सानुखोला लगायतका क्षेत्रमा शनिबारदेखि झाडापखालाको प्रकोप फैलिएको उनले बताए। दुई जनाको जोगबुडास्थित अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ।
झाडापखालाको महामारी फैलिएपछि महामारी क्षेत्र जमरानी लगायतका गाउँमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक केसर साउद नेतृत्वको टोली पुगेको छ। आज महामारी क्षेत्रमा पुगी अनुसन्धान तथा नमुना संकलन गरी फर्किएको जनस्वास्थ्य निरीक्षक साउदले बताए।
महामारीका कारण खानेपानीमा दिसाका जीवाणु भेटिएका र अन्य परीक्षणका लागि स्वास्थ्य निर्देशनालयमा नमुना ल्याइएको छ। उनका अनुसार अहिले महामारी नियन्त्रणमा आइसकेको र थप सावधानीका लागि पहल भइरहेको छ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण