राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष आजै नियुक्त हुने
काठमाडौं : सरकारले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष पदको टुंगो सोमबार नै लगाउने भएको छ। अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकले आयोगको उपाध्यक्षको टुंगो लगाउने बताइएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार उपाध्यक्ष पद नियुक्तिका लागि गठित सर्च कमिटीले दिएको तीनजनाको नाम शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आजको मन्त्रिपरिषद् बैठकमा पेश गर्ने छन्।
तीमध्येबाट मन्त्रिपरिषदले एक जनालाई उपाध्यक्ष नियुक्त गर्नेछ। साउन २९ गते बसेको सर्च कमिटीको बैठकले आयोगको उपाध्यक्षमा तीनजनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो।
कमिटीले पहिलाे नम्बरमा प्रा.डा. सुरेन्द्र शेरचन, दाेस्राेमा प्रा.डा. शम्भुकुमार पहारी र तेस्राे नम्बरमा प्रा.डा. श्रीकृष्ण गिरीकाे नाम सिफारिस गरेको छ।
केही दिनपछि प्रधानमन्त्री उपचारको लागि सिंगापुर जाने भएकाले यही साेमबारकाे बैठकबाट आयोगको उपाध्यक्षको टुंगो लगाउने बताइएको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण