राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष आजै नियुक्त हुने
काठमाडौं : सरकारले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष पदको टुंगो सोमबार नै लगाउने भएको छ। अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकले आयोगको उपाध्यक्षको टुंगो लगाउने बताइएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार उपाध्यक्ष पद नियुक्तिका लागि गठित सर्च कमिटीले दिएको तीनजनाको नाम शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आजको मन्त्रिपरिषद् बैठकमा पेश गर्ने छन्।
तीमध्येबाट मन्त्रिपरिषदले एक जनालाई उपाध्यक्ष नियुक्त गर्नेछ। साउन २९ गते बसेको सर्च कमिटीको बैठकले आयोगको उपाध्यक्षमा तीनजनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो।
कमिटीले पहिलाे नम्बरमा प्रा.डा. सुरेन्द्र शेरचन, दाेस्राेमा प्रा.डा. शम्भुकुमार पहारी र तेस्राे नम्बरमा प्रा.डा. श्रीकृष्ण गिरीकाे नाम सिफारिस गरेको छ।
केही दिनपछि प्रधानमन्त्री उपचारको लागि सिंगापुर जाने भएकाले यही साेमबारकाे बैठकबाट आयोगको उपाध्यक्षको टुंगो लगाउने बताइएको हो।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र