पाल्पामा पनि डेंगु
पाल्पा : जिल्लामा डेंगुका बिरामी फेला परेका छन्। साउनमा दुई बिरामी फेला परेका हुन्। डेंगु सङ्क्रमितदुवै जनाको उपचार भइरहेको छ। डेंगुका रोगी भेटिएपछि स्थानीयवासी त्रसित छन्।
यो रोग ‘एडिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट लाग्छ। घर वरिपरि खाडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने तथा शरीर पूरै ढाक्ने गरी कपडा लगाए डेंगुबाट बच्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवाली बताउँछन्।
अत्यधिक ज्वरो आउने, नाकको नाथ्री फुटेर रगत बग्नेलगायत डेंगु रोगका लक्षण हुन्। शरीरमा भएको रगतको मात्रा ‘प्लेटेड’ नामक तत्त्वले घटाइदिने हुँदा रोगको लक्षण देख्नेबित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो