बाढीपीडित क्षेत्रमा स्वास्थ्य शिविर
सप्तरी : खडक नदीको बाढीबाट प्रभावित डाक्नेश्वरी नगरपालिका–३ तरहीका बाढीपीडित परिवारलाई लक्ष्य गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २५० ले सेवा लिएका छन्।
राष्ट्रिय जनचेतना तथा विकास समाज नेपालले आयोजना गरेको शिविरमा गत असार र साउनको वर्षा र बाढीका कारण प्रभावित सो गाउँका स्थानीयवासीले निःशुल्क स्वास्थ्य जाँच गराएका हुन्।
तरहीस्थित स्वास्थ्यचौकीमा आयोजित शिविरमा श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेहलगायतका दीर्घरोगी तथा रुघाखोकी, झाडापखालालगायतका स्वास्थ्य समस्याबाट पीडितले स्वास्थ्य जाँच गराएको राष्ट्रिय जनचेतना तथा विकास समाज नेपालका अध्यक्ष रेखा यादवले जानकारी दिइन्।
बाढी प्रभावित क्षेत्रमा रोगको संक्रमण फैलिने खतरा रहेकाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको अध्यक्ष यादवले बताइन्।
शिविरमा डा. अजयकुमार चौधरी, डा. चन्दन यादव, डा. निरेन्द्र चौधरीलगायतका चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए। स्वास्थ्य जाँच गराएकालाई निःशुल्क औषधि तथा महिलालाई निःशुल्क सेनेटरी प्याडसमेत वितरण गरिएको थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित