जिल्ला अस्पतालमा इन्डोस्कोपी सेवा शुरु
संखुवासभा : जिल्ला अस्पताल खाँदबारीमा इन्डोस्कोपी सेवा शुरु भएको छ।
आइतबारदेखि सेवा शुरुवात गरिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले जानकारी दिए।
जिल्लामा इन्डोस्कोपी सेवा नहुँदा सेवाग्राही धरान, विराटनगर र काठमाडौंजस्ता ठूला शहर जानुपर्ने बाध्यता थियो।
टोलीले भोजपुर षडानन्द नगरपालिका–६ का ६० वर्षीय रामबहादुर विश्वकर्माको उपचार गरेर सेवा शुरु गरेको हो।
वीर अस्पतालका डा. भूपेन्द्र बस्नेतको टोलीले सोमबारसम्म इन्डोस्कोपी सेवा दिने जिल्ला अस्पतालले जनाएको छ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?