गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा निःशुल्क ल्याब
पाल्पा : रम्भा गाउँपालिका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा शुरु गर्ने जिल्लाको पहिलो गाउँपालिका बनेको छ। गाउँपालिकाभित्र रहेका सबै पाँच वडामा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालनमा ल्याइएको हो।
गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब, प्रसूति तथा गर्भ परीक्षण सेवा सञ्चालनमा आएको छ। गाउँपालिकाका सबै वडामा ल्याबको पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।
गाउँपालिकाको वडा नं. १ मा हुँगी स्वास्थ्यचौकी, २ मा फोक्सिङकोट स्वास्थ्यचौकी, ३ मा पिपलडाँडा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य एकाइ केन्द्र, वडा नं ४ मा हुमी स्वास्थ्यचौकी र वडा नं ५ मा ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य एकाइ केन्द्रमा गाउँपालिकाले ल्याब सेवा सञ्चालन गरेको छ ।
ल्याब सेवाको शुरु भएपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको स्वास्थ्य शाखा संयोजक महेश आचार्यले जानकारी दिए। ‘ल्याब परीक्षण सेवा निःशुल्क भएपछि बिरामीले अहिले नियमितरूपमा स्वास्थ्य परीक्षण गराउन थालेका छन्। यो कार्यक्रमले गरिब, विपन्न व्यक्तिलाई राहत पुगेको छ’, उनले भने।
यसअघि बिरामी बाहिर निजी स्वास्थ्य संस्थामा १०० देखि ५०० रुपैयाँसम्म शुल्क तिरेर ल्याब परीक्षण गराउन बाध्य रहेका थिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित