जनस्वास्थ्य अधिकृतविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र काठमाडौं टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्ता र स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा.भक्तबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कोटेसन मार्फत स्वास्थ्य सन्देशमूलक कार्यक्रम उत्पादन तथा प्रचारप्रसारको रकम भुक्तानी दिने बेलामा एक लाख रुपैयाँ घुस लिएको प्रमाण भेटिएकोले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।




डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित