प्रधानमन्त्री ओली स्वास्थ्याेपचारका लागि पुन: सिंगापुर जाने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि फेरि सिंगापुर जाने भएका छन्। उनी भदौ ४ गते सिंगापुर जाने स्रोतले बताएको छ।
प्रधानमन्त्री ओली साउन १८ देखि २७ गतेसम्म सिंगापुरमा स्वास्थ्य उपचारका लागि त्यहाँ रहेका थिए। स्वास्थ्यमा फेरि समस्या देखिएकाले जाँचका लागि जान लागेका हुन्।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पछिल्लो समय लगातार समस्या देखिँदै आएको छ। उनको रगतमा क्रेटिनाइन र प्रोटिन बढी भएको चिकित्सकहरूले बताएका छन्।
प्रत्यारोपण गरिएको मिर्गौलाले बिस्तारै काम गर्न छोडेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताउने गरेका छन्। उनले पछिल्लो पटक भन्दा धेरै समय सिंगापुर बिताउनुपर्ने हुनसक्ने स्रोतले बताएको छ।
प्रधानमन्त्री ओलीले केही दिन अघि मात्र अब आफूलाई २०\२५ वर्ष केही नहुने प्रतिक्रिया दिएका थिए।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने