प्रधानमन्त्री ओली स्वास्थ्याेपचारका लागि पुन: सिंगापुर जाने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि फेरि सिंगापुर जाने भएका छन्। उनी भदौ ४ गते सिंगापुर जाने स्रोतले बताएको छ।
प्रधानमन्त्री ओली साउन १८ देखि २७ गतेसम्म सिंगापुरमा स्वास्थ्य उपचारका लागि त्यहाँ रहेका थिए। स्वास्थ्यमा फेरि समस्या देखिएकाले जाँचका लागि जान लागेका हुन्।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पछिल्लो समय लगातार समस्या देखिँदै आएको छ। उनको रगतमा क्रेटिनाइन र प्रोटिन बढी भएको चिकित्सकहरूले बताएका छन्।
प्रत्यारोपण गरिएको मिर्गौलाले बिस्तारै काम गर्न छोडेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताउने गरेका छन्। उनले पछिल्लो पटक भन्दा धेरै समय सिंगापुर बिताउनुपर्ने हुनसक्ने स्रोतले बताएको छ।
प्रधानमन्त्री ओलीले केही दिन अघि मात्र अब आफूलाई २०\२५ वर्ष केही नहुने प्रतिक्रिया दिएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण