कान्ति बाल अस्पतालमा भाेलिदेखि ‘इन्टरमिडियट’ सेवा
काठमाडौं : कान्ति बाल अस्पतालले बच्चाको दैनिक मृत्युदर घटाउन ‘इन्टरमिडियट’ सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ। सोमबारदेखि आठ शय्याबाट यो सेवा शुरु हुनेछ।
उपचारका लागि आएका बढी बालबालिका बचाउने लक्ष्यअनुसार इन्टरमिडियट अर्थात् ‘पिङ्कु’ सेवा सञ्चालन गर्न लागेको अस्पतालका निर्देशक डा. आरपी बिच्छाले बताए।
आईसियू अभावमा अस्पतालले दैनिक कम्तीमा १० बालबालिका अन्यत्र ‘रिफर’ गर्दै आएको छ। यो सेवा सञ्चालनसँगै कान्तिमा ५० प्रतिशत समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
५० शय्या आईसीयू सेवा भए पनि अस्पतालले कर्मचारी अभाव रहेकाे भन्दै ३० शय्या मात्र सञ्चालन गर्दै आएको छ। अस्पतालले तीन वर्षअगाडि कर्मचारी अभावका कारण देखाउँदै पिङ्कु सेवा बन्द गरेको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण